७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेस भएको छ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन्।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताइन्। उनले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए आगमी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने बताइन्।

विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै पारितसँगै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन राम्रो कानून बन्ने बताइन्। विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने बताइन्। 

प्रकाशित: २९ श्रावण २०८१ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App