२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने

कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी सरकारबाट बाहिरिएको हो ।  

शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले जानकारी दिए । उप्रेतिका अनुसार माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्नेछ ।  

उप्रेतिले भने ‘आज राजीनामा बुझाएका हौं । संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’ 

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा माओवादीकातर्फबाट  ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागि भएका थिए । 

प्रकाशित: ११ श्रावण २०८१ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App