२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाई भेट

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बिदाई भेट गरेका छन्। 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।  

भेटमा उपराष्ट्रपति यादवले नेपालका लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई तथा धन्यवाद दिएका थिए। 

प्रकाशित: ११ श्रावण २०८१ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App