२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान

धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ। कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो।

धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्ता लगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए।

गत वर्ष पनि अभियान सञ्चालन भएको थियो। अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ।

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ ९१० र १ ९२० समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोजना गरिएको हो।

प्रकाशित: १० श्रावण २०८१ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App