२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रस्तावित निर्वाचन आयोगका आयुक्त प्रधानको सुनुवाइ सकियो

प्रस्तावित निर्वाचन आयोगका आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ। प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो।

प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा संसदीय समितिमा उजुरीसमेत परेको छ। समितिको बुधबारको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रधानको सिफारिस अनुमोदनको निर्णय संसदीय समितिको अर्को बैठकले लिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। 

प्रकाशित: ९ श्रावण २०८१ १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App