२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी एमालेमा चर्को विवाद, गिरीद्वारा संसदीय दलको नेताबाट राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजीनामा दिएका छन्।

आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बुझिएको छ।

गिरीले मङ्गलवार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनेर रोकिएका थिए।

राजीनामा पत्र पार्टी अध्यक्षलाई पठाएपनि स्विकृत भने भइनसकेको स्रोतले बताएको छ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन हुँदै गर्दा सुरुमा मुख्यमन्त्रीका लागि गिरीकै नाम अघि आएपनि दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाए असन्तुष्ट रहेका गिरीले बुधवार राजीनामा दिएका हुन्।

प्रकाशित: ९ श्रावण २०८१ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App