२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलको सम्पत्ति: दुई वटा घर र ३३ लाख नगद

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेत र काठमाडौँमा गरेर दुई वटा घर र ३३ लाख १२ हजार ४ सय ८५ रुपैयाँ नगद बैंकमा जम्मा रहेको सार्वजनिक भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री कँडेलको सुर्खेत र काठमाडौँमा गरेर दुई वटा घर र ३३ लाख १२ हजार ४ सय ८५ रुपैयाँ नगद बैंकमा रहेको उल्लेख छ।

जसअनुसार मुख्यमन्त्रीको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गरी दुई वटा घर रहेको उल्लेख छ। त्यस्तै सुर्खेतको घर पुर्ख्यौली भएको जनाइएको छ भने काठमाडौँको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिकबाट किनेको उल्लेख गरिएको छ।

त्यस्तै कँडेलको काठमाडौँको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सुर्खेतको घडेरीहरू पुर्ख्यौली भएको र काठमाडौँको ८ आना जग्गापछि किनेको जनाइएको छ। तर, सम्पत्ति विवरणमा काठमाडौँको जग्गा किन्दाको स्रोत खुलाइएको छैन। 

मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा उल्लेख छ। कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन्।

त्यस्तै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरिएको विवरण अनुसार ६ मन्त्री र एक राज्यमन्त्रीमध्ये सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री विनोद कुमार शाह धनी मन्त्री रहेको पाइएको छ।

त्यस्तै अर्थ मामिला मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र भौतिक राज्यमन्त्री गमता विक भने गरिब देखिएका छन्। अर्थ मन्त्री र राज्यमन्त्री गमता विकसँग बस्नका लागि आफ्नो घर समेत छैन। 

प्रकाशित: ३ श्रावण २०८१ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App