२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बुद्धिजीवीले मात्रै मुलुकलाई सत्मार्गमा डोर्‍याउन सक्ने

नेकपा एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फूयालले मुलुकलाई सही मार्गमा लैजान बुद्धिजीवीहरूको प्रमुख भूमिका रहने बताएका छन्।

कोही कसैले जानेर वा नजानेर बाटो बिराउन खोजे उनीहरुलाई सत्मार्गमा ल्याउने दायित्व बुद्धिजीवीको भएको बताएका हुन्। 

उनले प्रगतिशील बौद्धिक मञ्च, काठमाडौँले आयोजना गरेको ‘मार्क्सवादी दर्शनको आलोकमा बुद्धिजीवी वर्गको भूमिका’ विषयक  विचार विमर्श कार्यक्रममा सो कुरा बताए। राजनीतिक दल तथा संयन्त्रले नीति निर्माणको  तहमा गलत गरेमा त्यसलाई सच्याउने र सहीमा मार्गमा हिँडाउने तथा खबरदारी गर्ने भूमिका बुद्धिजीवीहरूको भएको बताएका हुन्।

कार्यक्रममा  डा. पद्मप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले मार्क्सवाद, मार्क्सवादको विधि र विधिशास्त्र, आदर्शवाद र भौतिकवाद, नेकपा एमालेको दस्ताबेजमा मार्क्सवाद त्यसको प्रयोग बारे कार्यपत्र मार्फत प्रकाश पारेका थिए। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको निर्माण, श्रमजीवी वर्गसँगको प्रतिस्पर्धामा श्रेष्ठता लगायतको विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यपत्रमाथि नेकपा एमाले स्कुल विभाग सचिव घनश्याम कोइरालाद्वारा  टिप्पणी गरेका थिए।

कार्यक्रममा प्रगतिशील बौद्धिक मञ्चका तर्फबाट संयोजक नारायण प्रसाद आचार्य र बालकुमार बास्तोलाले कार्यक्रमकाे उद्देश्यबारे प्रकाश पारेका थिए। 

प्रकाशित: ३० असार २०८१ १८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App