२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेटलाई लयमा ल्याउन अझै दुई वर्ष लाग्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेटलाई लयमा ल्याउन अझै दुई वर्ष लाग्ने बताएका छन्।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी गोष्ठीमा मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष ०७६/७७ देखि बिग्रिएको प्रदेश सरकारको बजेट  लयमा ल्याउन अझै दुई वर्ष लाग्ने बताएका हुन्।

उनले  आर्थिक वर्ष ०७६/७७ को जेठ अन्तिममा  प्रदेश सरकारले ४२ अर्बको बजेट ल्याएको थियो । सोही वर्ष भदौमा नै बजेट संशोधन गरेर २१ अर्बमा झार्नुपरेपछि कोशी प्रदेश सकारको बजेट सन्तुलन खलबलिएको कार्कीले बताए। कार्कीले भने,‘२०७६ देखि बिग्रिएको बजेटलाई सन्तुलनमा ल्याउने प्रयास भइरहेको छ। अबको दुई वर्ष भित्रमा मात्रै सन्तुलनमा आउँछ।’

प्रदेश सरकारले स्रोत सुनिश्चित नगरी धेरै बहुबर्षीय पूर्वाधारका योजना कार्यान्वयनमा ल्याउँदा बजेट कार्यान्वयनमा नै समस्या भएको थियो। भौतिक पूर्वाधारको क्षेत्रमा निर्माण भइरहेका संरचनालाई बजेट विनियोजन गरिरहनु पर्ने अवस्थाले प्रदेश सरकारले नयाँ योजना ल्याउनै  नसकेको मुख्यमन्त्री कार्कीले बताए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार लैङ्गिक उत्तरदायी बजेटमा प्रतिबद्ध रहेको स्पष्ट पारे। बजेटलाई पुनरावलोकन गरेर भएपनि लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सरकारले प्रतिबद्धता जनाउने कार्कीले बताए। प्रदेश सरकारले कर्मचारी अभावका कारण लक्ष्य अनुसारको बजेट खर्च गर्न नसकी रहेको कार्कीले बताए। 

प्रकाशित: २७ असार २०८१ १६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App