४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विपत्बाट पीडितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्।

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भू–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई निर्देशन दिएका हुन्।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको उनले बताए।

यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि अपिल गरेका छन्।

प्रकाशित: २३ असार २०८१ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App