२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीकाे आरोप विरुद्ध कांग्रेसको प्रतिवाद–संविधान संशोधन अग्रगमन हो

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।

कांग्रेस–एमालेले नयाँ सरकारका लागि सहमति गरेर संविधान संशोधन गर्ने कुरा ल्याएपछि नेकपा माओवादी केन्द्रले मुलुक प्रतिगमनतर्फ अग्रसर भएको टिप्पणी गरेको थियो। 

शनिबार काठमाडौंमा आयोजिक कार्यक्रमबाट प्रमुख सचेतक लेखकले त्यसैको प्रतिवाद गर्दै संविधान संशोधनले व्यवस्थालाई थप मजबुत पार्ने बताएका हुन्।

‘संविधानको समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ,’ लेखकले भने,‘यो पश्चगमन होइन है। अग्रगमनका लागि गर्ने हो।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउन संविधानको संशोधन गर्ने भनिएको उनले दाबी गरे।

अस्थिरता हटाउन संविधान संशोधन गर्नुपरेको पनि लेखकले बताए । उनले भने, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौ। धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो ।मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ।’ त्यो स्थिति अब यसपछि अघि नबढोस् भनेर राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन अपरिहार्य देखिएको उनले बताए ।

प्रकाशित: २२ असार २०८१ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App