२१ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

त्रियुगामा विज्ञान–कला प्रदर्शनी

उदयपुरको गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा बुधबारदेखि ३ दिने अन्तरविद्यालयस्तरीय विज्ञान तथा कला प्रदर्शनी ०८२ सुरु भएको छ। यो प्रदर्शनी विद्यालयको ५९औँ स्थापना दिवस र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो।

उद्घाटन समारोहमा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा कार्यक्रम सुरु गरे। मेयर बस्नेतले गुणस्तरीय शिक्षा मार्फत बालबालिकाको भविष्य उज्वल बनाउने लक्ष्यसहित नगरपालिका शैक्षिक योजनामा काम भइरहेको बताए। उपप्रमुख राईले सामुदायिक विद्यालयमा प्राविधिक र वैज्ञानिक शिक्षालाई प्रोत्साहन गर्न आग्रह गरिन्।

प्रदर्शनीमा नगरभित्रका १९ विद्यालय सहभागी छन्। विज्ञान संयोजक सञ्जय दत्तका अनुसार प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदर्शनीले विद्यार्थीमा विज्ञान–प्रविधि र सिर्जनात्मक रुचि विकास गर्ने उद्देश्य राखेको छ। प्रदर्शनीमा विद्यार्थीद्वारा निर्मित कला, प्रविधि र आविष्कारका विभिन्न स्टलहरु प्रदर्शनमा छन्।

 

प्रकाशित: २१ माघ २०८२ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App