२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कृषि समितिमा सरकारले विधेयक दिन सकेन:सभापति राणा

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छिन्।

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरू दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको बताइन। उनले कृषि समितिका सदस्यहरू काम गर्न तयार भए पनि समितिमा एउटा पनि विधेयक नभएको बताइन।

सभापति राणाले समितिमा एउटा पनि विधेयक नहुँदा बैठक समेत बस्ने वातावरण नभएको धारणा राखिन। उनले सरकारले समितिमा कृषि सम्बन्धी विधेयकहरू दिए समयमा छलफल गरी समितिले काम गर्ने बताइन। उनले कानुन मन्त्रालयलाई पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा तदारुकता देखाउन आग्रह गरिन। उनले मौद्रिक नीतिमा कृषिसँग सम्बन्धी नीति सहजिकरणको लागि अर्थ मन्त्रालयमा पत्र पठाउने बताइन ।

उनले सरकारले किसानलाई मर्का नपर्ने किसिमले विगतका अनुदान निरन्तरता दिन आवश्यक रहेको बताइन।उनले नेपालमा उत्पादन हुने समयमा भारतबाट नेपालको भन्दा सस्तोमा फलफूलहरू आयात हुँदा नेपाली किसान सधैँ पीडित बनेको बताइन। 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले सरकारले कृषि वस्तु मुलुकमा उत्पादन हुने र बाहिरबाट आयात हुने समय अवधिको पहिचान गरी त्यही अनुसार आयात गर्ने नीति अपनाउन आवश्यक रहेको बताइन । 

प्रकाशित: १८ असार २०८१ १९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App