१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

निःशुल्क शिक्षाबारे शिक्षामन्त्री र सांसदबिच जुहारी

स्रोत कहाँबाट ल्याउने: मन्त्री, सरकारको दायित्व होइन: सांसद

निःशुल्क शिक्षाबारे आइतबारको बैठकमा शिक्षामन्त्री सुमन श्रेष्ठ र नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाबीच छोटो जुहारी चलेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको खर्च कटौतीबारे सांसदले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले निःशुल्क शिक्षाका लागि स्रोतको समस्या रहेको बताएकी थिइन्। उनले स्रोत अभावमा निःशुल्क शिक्षा प्रत्याभूत गर्न गाह्रो रहेको अर्थमा आफ्नो धारणा राखेकी थिइन्।

‘निःशुल्क शिक्षा भन्ने कुरा कर्णप्रिय डेफिनेट्ली छ। कुन मतदातालाई सुन्न मन लाग्दैन,’ उनले भनिन्, ‘तर, मलाई यो भन्दिनुस् स्रोत कहाँबाट ल्याउने रु’ संविधानले १२ कक्षासम्म निःशुल्क भनेको भन्दै त्यसको प्रत्याभूतिमा आफू लागेको मन्त्री श्रेष्ठले बताएकी थिइन्। उक्त कुरामा समुदायले पनि सहयोग गर्नुपर्ने उनको आशय थियो। सामुदायिक विद्यालयका लागि शिक्षा ऐनमा नै १० लाख डोनेसन९दान० गर्ने भन्ने उल्लेख गर्दै त्यसमा समुदायको पनि योगदान हुनुपर्ने उनको आशय थियो।

तर, निःशुल्क उच्च शिक्षामा भने शिक्षामन्त्री श्रेष्ठले तत्कालको राज्य स्रोतको अवस्था इङ्गित गर्दै आफ्नो विमति रहेको संसदमा सुनाएकी थिइन्।

‘उच्च शिक्षा निःशुल्क हुनुपर्छ भन्दै गर्दा त्यसमा स्रोत कहाँबाट ल्याउने रु त्यसमा मेरो विमति छ,’ मन्त्री श्रेष्ठले भनिन्। बरु जुन वर्गसँग केहिछैन उसलाई छात्रवृत्ति मात्र नभई अन्य सुविधा पनि दिनुपर्ने पक्षमा आफू रहेको दाबी गरिन्। ‘जुन वर्गलाई ऋण लिएर पढ्न सक्छ उहाँलाई त्यहाँसम्मको पहुँचसम्म जोड्नुपर्छ त्यहिँकारण नीति तथा कार्यक्रममा चक्रीय लोनको प्रावधान राखेका छौँ। काम हुँदैछ,’ उनले अगाडि भनिन्।

त्यसपछि सांसद खातुन मन्त्री श्रेष्ठको भनाईमाथि खनिइन्। ‘मन्त्रीज्यूले भन्नुभो १२ कक्षासम्मको निःशुल्क शिक्षाको स्रोत कहाँबाट ल्याउने ?,’ उनले भनिन्, ‘त्यो सरकारको दायित्व होइन् मन्त्रीज्युरु होइन भने किन संविधानमा लेखिएको ?’

देशको धेरै बालबालिका शिक्षाबाट वञ्चित भएर सडकमा रहेको कुरा उठाउँदै सांसद खातुनले उनीहरूबारे मन्त्रीको योजना सोधिन्। यस्तै महिला शिक्षाबारे के योजना छ रु भनेर पनि अर्को प्रश्न तेस्र्याइन्।

प्रकाशित: ९ असार २०८१ १७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App