१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो,छलफल गर्नुपर्ने कुनै अर्थ छैनः पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए। उनले विगतको जस्तै लामो कार्यक्रम आएको बताए। कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको उनको दाबी छ।

नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको उनले बताए। उनले कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाई र गराई फरक रहेको बताए। नीति तथा कार्यक्रमले आगामी बजेट वितरण र कार्यकर्तामुखी बजेट आउने अभ्यास गरेको देखिएको बताए।

प्रकाशित: १ जेष्ठ २०८१ १९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App