१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १७:२३ अपराह्न
राजनीति

प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताएका छन्।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रतिभा सबैसँग हुने तर प्रतिभाको कसले कति प्रयोग ग¥यो भन्नेकुरा महत्वपूर्ण हुने जिकिर गरे। सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे। प्रधानमन्त्री ओलीले उचाई कहिल्यै नसकिने भन्दै सबैले उचाई चुम्दै जानुपर्ने बताए। उपलब्धिबाट सन्तुष्टि लिन नहुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘प्रतिभा हरेकसँग हुन्छ, तर प्रतिभाको सदुपयोग कति ग¥यो भन्नेकुरा मुख्य हो । कसैको मन व्यापक हुन्छ, मस्तिष्क व्यापक हुन्छ, राष्ट्रव्यापी, जनव्यापी धारणा हुन्छ, कुनै एउटा विषयमा उन्नति प्रगति, खोज अनुसन्धान गरिरहेको हुन्छ, उपलब्धि हाँसिल गर्दछ । यहाँहरु १० जना त्यस्तै व्यक्ति हुनुहुन्छ । कोही पर्वतारोही, कोही समाजसेवी । तपाईंहरुले आफ्नो क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । यसमा सबैको ध्यानाकर्षण भएको छ ।’

प्रकाशित: ८ चैत्र २०८१ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App