१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:३६ अपराह्न
कला/संस्कृति

चलचित्र 'कर्मा' को गीत सारी लगाइदेउ सार्वजनिक

चलचित्र 'कर्मा' को गीत सार्वजनिक भएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीत सार्वजनिक गरिएको हो।

'सारी लगाइदेउ' बोलको गीतमा सलिना बिकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।

नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।

माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ ।

प्रकाशित: ८ चैत्र २०८१ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App