१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ। अहिले बिहान साढे ७ बजे बस्ने गरी बैठक बोलाइएको हो।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा आज बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ। यसअघि सोमवार संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीसहितको बैठकमा कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय गरिसकेको छ।

यस्तै संसदीय दलको बैठक पनि आजै बस्न लागेको छ। बैठक बिहान आठ बजेका लागि बोलाइएको छ।

पछिल्लो प्रतिनिधिसभा बैठकमा पनि कांग्रेसले छानबिन समिति बनाउन सरकारलाई दिएको म्याद सकिएको र अबको बैठकमा सरकारले छानबिन समितिको खाका लिएर आउनुपर्ने माग राखेको थियो।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति निर्माणका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको जानकारी गराएका थिए। उनले समिति निर्माण नभएसम्म संसद् अवरुद्ध हुनसक्ने चेतावनी समेत दिएका थिए।

प्रकाशित: २७ चैत्र २०८० ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App