८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, एमाले नेताको आलोचना

सत्ता गठबन्धन फेरिएसँगै गृहमन्त्रालयबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका नारायणकाजी श्रेष्ठ नौ दिने भ्रमणका लागि आइतबार चीन जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा श्रेष्ठ औपचारिक चीन भ्रमण जान लागेका हुन्। उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसरी श्रेष्ठको चीन भ्रमण तय हुँदा सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका नेता विष्णु रिजालले भने आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा अभिव्यक्ति सार्वजनिक गर्दै उनले श्रेष्ठले ९ दिन लामो भ्रमण तय गरेको भन्दै आलोचना गरेका हुन्।

‘कति लामो भ्रमण हो? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ?,’ रिजालले प्रश्न गरेका छन्, ‘२०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो। दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र?’

प्रकाशित: १० चैत्र २०८० १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App