२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे  नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो।

उक्त बैठकमा सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल हुने बतायएको छ।

यसअघि कांग्रेस सत्तासाझेदार दल थियो। तर तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससंगको गठबन्धन भत्काउँदै नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App