१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन्।

एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उनले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरुले आफूलाई अविश्वसनीय भन्ने गरेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरुले उपयोग गर्न खोजे आफूले कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे।

आफूलाई प्रतिक्रियावादीहरुका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो। उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताए।

उनले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गरे। माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालको भनाइ थियो।

त्यस अवसरमा उनले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गरे।

प्रकाशित: २१ फाल्गुन २०८० १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App