१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारमा जाने, नजानेबारे छलफल गर्न जसपाको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ।

सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रचार-प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

आज बिहान ८ बजे पनि जसपाको बैठक बसेको थियो। सरकारमा सहभागिताकाबारे थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्ने छ।

प्रकाशित: २१ फाल्गुन २०८० १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App