१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव: परराष्ट्रन्त्री

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन्।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए।

‘दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो छ। नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बीचको एउटा प्रवेशद्वार भएकोले पनि महत्त्वपूर्ण छ। नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए।

परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको जिकिर गरे।

विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनको भनाइ थियो। नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तर वृद्धि आवश्यक रहेको उनले बताए।

प्रकाशित: १७ फाल्गुन २०८० १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App