२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन रिसाए जयशंकर ?

हर्षित मुद्रामा नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर रिसाएका छन्। बिहीवार नेपाल आइपुगेका मन्त्री जयशंकरले सन् २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका थिए।

उनले ट्विटमा लेखेका थिए, नमस्ते काठमाडौं, 'सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु। आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।'

तर, उनको खुशी केहीबेरमै हराएको बुझिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएपछि उनी रिसाएको बुझिएको छ।

भारतीय विदेशमन्त्री डा.एस जयशंकर र उनको प्रतिनिधि नेपाल आएका बेला चिनिया कम्युनिष्ट पार्टीका उच्च अधिकारी पनि काठमाडौँ आएको कुराले यो आशङ्का गरिएको छ।

युगाङ विमानस्थलबाट सिधै होटल मेरियटमा पुगेका थिए। उनीसँगै आएको टोलीको आवासको व्यवस्था त्यहाँ गरिएको थियो।

एस जयशंकरले नेपालमा उच्च पदस्थ व्यक्तिहरुसँग भलाकुसारी गरिरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुगेका हुन्। चिनिया प्रतिनिधिको टोली नेपाल आएपछि भने भारतीय विदेश मन्त्री भने रिसाएका थिए।

चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९६१७ मा काठमाडौँ आएको उपसचिव युगाङको नेतृत्वको छ सदस्यीय टोलीमा चाङ शिचिन, वाङ वेई, डुआन शाओरेन, चेक शुयुन र लि शिहाई छन्। सो टोलीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल उपराष्ट्रपति रामसहायप्रसाद यादव र पर्यटनमन्त्री सुदन किराँती लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

‘आफ्नो नेपाल भ्रमण रहेकै दिन चिनिया कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि नेपाल भ्रमणमा बोलाएको भन्दै भारतीय विदेश मन्त्री एस जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन्’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। आफ्नो नेपाल भ्रमणको बेला चिनियिा उच्च अधिकारीको भ्रमण रहेको यसअघि थाह पाएका जय शंकरले उनीहरुको भ्रमण एकै समयमा नबनाउन नेपाल सरकारलाई आग्रह गरेका थिए। तर चिनियाहरुको भ्रमण यसअघि नै तय भएकाले भ्रमण सार्न परराष्ट्र मन्त्रालयले कुनै कसरत गरेन। उनीहरुले पनि नेपाल भ्रमणमा रहेका छन्। परराष्ट्र मन्त्रालयले चिनिया अधिकारीहरुको भ्रमणबारे औपचारिक रुपमा कही कतै उल्लेख गरेको छैन। उनीहरुको कार्यक्रम के हो भन्ने पनि कुनै जनाकारी दिइएको छैन।

प्रकाशित: २० पुस २०८० ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App