१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रश्न पाठकलाई: के ‘राजा’ आउँदैमा देश बच्छ त?

राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्। उनले बिहिवार  भैरहवामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै आफू नेपाली जनताको साथमा रहेको भन्दै उनले आफू जता गए पनि जनताले आफूलाई आऊ देश बचाउ, देश बनाऊ, भन्ने जन आवाज गरिरहेको दाबी पनि गरे।

‘म जता जाऊ जता पुगु जन आवाज उठेको सुन्दछु, मलाई आऊ, देश बचाउ, देशको सभ्यता र समृद्धि बचाउ भनेको सुन्दछु’ उनले भने,  ‘म यहीँ उभिएर भनिरहेछु देश बनोस देश बचोस् भन्ने पुर्खौली आवाज बोली रहेको छु।’ उनले आफू कतै नगएको,नेपालीहरूसँगै रहेको र जनताको सुख–दुःख, पीडा, बाधा नियालिरहेको समेत बताए।

एकातिर जनताको सपाना पुरा गर्ने बाटोमा दलहरू असफल बन्दै गर्दा दलका नेतृत्त्वको आलोचना बढ्दो छ। अर्कोतिर  कतिपय ठाउँमा ‘राजा आउँ देश बचाउँ’ भन्ने नारा घन्कदै छ।  त्यसो त कतिपयले राजाको निरङ्कुश. साशन पनि मुलुकले भोगिसकेको भन्दै नयाँ विकल्पको खोजी गर्नु पर्ने तर्क राखेका छन्। जसले जे भनेपनि देश भने दिनानुदिन हरेक पक्षबाट खस्किदै गएको छ। यस्तोमा हाम्रो पश्न पाठकलाई: के राजा आउँदैमा देश बच्छ त?

प्रकाशित: २० पुस २०८० ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App