२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय विदेशमन्त्री एस जयशंकर भन्छन्: नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आउन पाउँदा आफू खुसी भएको बताएका छन्।

बिहीबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशंकरले २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका हुन्।

उनले ट्विटमा लखेका छन्, 'नमस्ते काठमाडौं, 'सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु। आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।'

बिहीबार नेपाल आएका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्। मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: १९ पुस २०८० ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App