५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रुपमा लागु गरिने बताएकी छिन्।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य गर्न कानुनमै परिवर्तन गरिन लागेको बताएकी हुन्।

मन्त्री शर्माले सामाजिक सुरक्षा योजना अनिवार्य नगरिए के कारबाही हुने भन्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिइन्। उनले भनिन्,‘सामाजिक सुरक्षा योजनालाई अनिवार्य भनिए पनि सञ्चार प्रतिष्ठान, उद्योग तथा अन्य विभिन्न क्षेत्रमा लागू नभइरहेको अवस्थालाई मध्यनजर गरेर कानुनमै श्रमिकहरूलाई सहभागी नगराए के कारबाही हुने भन्ने व्यवस्था पनि गर्दैछौं।’

मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा देश भित्र तथा वैदेशिक रोजगारीमा रहेका  सबै श्रमिकहरूलाई  अनिवार्य सहभागी हुने वातावरण सरकारले तयार पार्ने स्पष्ट पारिन्। उनले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षामा अनिवार्य रुपमा आबद्ध हुने व्यवस्था कार्यान्वयनमा पनि ल्याइसकेको जानकारी दिइन्।

शर्माले सरकार गठन भएको एक वर्ष पुग्न लागेकाले अब, सरकार गिएर बदल्ने दाबी गरिन्। उनले भनिन्, ‘सुशासन, विकास, सहज सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सरकारले अब, गिएर परिवर्तन गरेर अघि बढ्दैछ ।’ मन्त्री शर्माले एक वर्षको अवधिमा सरकारले देश र जनताको हितका विषयमा धेरै राम्रा कामहरू गरेको पनि बताइन्। 

प्रकाशित: ८ पुस २०८० १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App