८ वैशाख २०८१ शनिबार
राजनीति

भोट माग्न खेतबारीमै पुग्नथाले उम्मेदवार

कोदो चुट्दै प्रदेश सभा उम्मेदवार एमाले नेता कर्णबहादुर थापा। तस्बिर: नागरिक

बाजुरा-  ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ। मतदाताहरु खेतबारीमा ब्यस्त छन्। धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ।

दलका चुनावी प्रचार भेला र घरदैलोमा सहभागि हुन मतदातालाई फुर्सद नै छैन। उनीहरु आ–आफ्नै दैनिकीमा व्यस्त देखिएपछि दलहरुले चुनावी प्रचारको शैली फेरेका छन्। ठूला आम सभा र चुनावी सभा दलहरुले प्रचारमा राखेकै छैनन्।

चुनाव लक्षित आम सभामा सर्वसाधारणको उपस्थिति कम हुँदै गएपछि दलहरुले चुनावी प्रचार शैली पनि बदलेका हुन्। भोट माग्न उम्मेदवारको टोली ग्रामिण भेगमा कृषकका खेतीबारीमा पुग्न थालेका छन्।  

खेतबारीमै जाने, थोरै भएपनि उनीहरुको काममा सघाउने र आफूतिर आकर्षण गर्ने नीति उम्मेदवारले लिएका छन्। परिस्थतिलाई नजरअन्दाज गर्दै एमाले माओवादीको वाम र कांग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धनले ठूला सभा भन्दापनि कार्यकर्ता परिचालनलाई जोड दिएको देखिन्छ।

स्थानीय तह, वडा र बस्तीस्तरमा पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम बनाएको वाम गठबन्धन निर्वाचन मूल समिति सचिवालय संयोजक एमाले नेता लालबहादुर ओलीले  बताए। वाम गठबन्धनले जिल्लामा दुईवटा टोली बनाएर प्रचार अभियान संचालन गरेका छन्।

प्रतिनिधिसभाका उम्मेदवार लालबहादुर थापार प्रदेशसभा क्षेत्र क का उम्मेद्वार बल्देव रेग्मी नेतृत्वको टोली कोल्टी क्षेत्र केन्द्रीत बनेको छ। टोलीमा ७ नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, विना विभागीय राज्य मन्त्री माओवादी नेता कर्णबहादुर विक, माओवादी नेता सहदेब बोगटी, एमाले नेता हिक्मत शाही सहीत छन्।

यस्तै प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार प्रकाश शाह नेतृत्वको टोली मार्तडी क्षेत्रमा केन्द्रीत बनेको छ । प्रदेश उम्मेदवारलाई आआफ्नै क्षेत्र केन्द्रीत बनाएको र प्रतिनिधि सभा उम्मेदवार सहीत शिर्ष नेताहरुको टोली दुबै क्षेत्रमा घुम्ने भएको छ।

यस्तै कांग्रेस प्रतिनिधि सभा उम्मेदवार कविराज पण्डित, प्रदेश क का उम्मेदवार जनकराज गिरी नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, पूर्व सांसद देवराज जोशी सहीतको टोली कोल्टी क्षेत्रको घरदैलो सकेर मंगलबार मार्तडी पुग्ने भएको छ।

यस्तै प्रदेश ख का उम्मेदवार पदमबहादुर शाही नेतृत्वको टोली तल्लो क्षेत्रमा चुनावी प्रचारमा व्यस्त रहेको छ । दुबै दलले चुनावलाई व्यापक र भड्कीलो बनाएका छैनन् । मतदाता भएकै ठाउँमा गएर भोट माग्ने प्रचार गरिरहेको कांग्रेस सहसचिव एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताए।

जनतालाई दुख दिने, बढी खर्चिलो चुनाव बनाउने चाहना छैन्, विहान देखि बेलुका सम्म हिँडेरै भएपनि खेतबारी, घर बस्तीमै पुग्ने गरिएको एमाले नेता एवं वाम गठबन्धनको प्रचारमा सक्रिय जनक कुमार बोहराले बताए। दैनिक १६ घण्टासम्म समेत हिँड्ने गरेको उनले थपे । मार्तडीबाट ४० कोस टाढा रहेका गाउँहरु पनि रहेका छन् । हिँडेरै पुग्नु पर्ने बाध्यता छ।

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि बाजुरामा मंसिर १० गते चुनाव हुदैछ । उसोत गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती सम्हाल्न मै र खेती लगाउनमै व्यस्त छन् । चुनाव अघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन्।

 

 

प्रकाशित: २१ कार्तिक २०७४ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App