१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दै

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दैछ। जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।  

रौनियार धर्मशालामा आयोजित कार्यक्रममा धनुषाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यहरू, प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, क्षेत्रीय समिति र पालिका समितिका पदाधिकारीहरूको उपस्थिति रहने छ। साथै जनप्रतिनिधिहरू, भ्रातृसङ्गठनका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय पदाधिकारीलाई समेत अनिवार्य उपस्थित हुन भनिएको जिल्ला समितिका सचिव बरुणकुमार यादवले जानकारी दिए।

अभियानलाई सशक्त र प्रभावकारी सञ्चालन गर्न विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ। जसअनुसार सङ्गठन विभाग प्रमुखमा शत्रुधन यादव, युवा विद्यार्थी विभाग प्रमुखमा ललित मण्डल, महिला विभाग प्रमुख गिरीजा यादव, जनसम्पर्क विभाग प्रमुख चन्द्रदीप गोइतलाई तोकिएको छ। विभागमा सदस्यहरुको चयन समेत गरेको जिल्ला सचिव यादवले जानकारी दिएका छन्।

जसपाका आठै जिल्लाले तालिका बनाएर सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गरिरहेका छन्।

प्रकाशित: २५ आश्विन २०८० ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App