१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले कोशी अधिवेशन: अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गरेका छन्।

केन्द्रीय नेताहरूले घनश्याम खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरे पनि उक्त प्रयास सफल नभएपछि दुवैले अध्यक्षमा मनोनयन दर्ता गरेका हुन्।

खतिवडाले प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गरेका छन् भने ढकाल आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गरेका छन्। ढकालको प्रस्तावक मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई छन्।

यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन्। अधिवेशनको मतदान आइतबार ११ बजेदेखि हुने निर्वाचन कमिटीले जनाएको छ।

अधिवेशनमा १ सय ३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन्। विवादका कारण ५० जना मनोनीत गर्ने प्रतिनिधि मनोनीत हुन सकेन। अधिवेशनले पाँच जना पदाधिकारी सहित २ सय १५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ।

प्रकाशित: १३ आश्विन २०८० १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App