१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ मा विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रायोजनको लागि मुख्यमन्त्री थापाले संसद सचिवालयमा निवेदन पनि दिएका छन्।

निवेदनमा मुख्यमन्त्री थापाले 'नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दब थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०–०५–०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित )को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको' उल्लेख गरेका छन्।  

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ। ९३ सदस्यीय रहेको प्रदेशसभामा ४७ सांसदको समर्थन प्राप्त गरी उनी मुख्यमन्त्री नियुक्त भएका थिए। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन पाएका थिए। उनको विपक्षमा एमालेका ३९ र राप्रपाका ६ जना सांसद छन्।

प्रकाशित: १ भाद्र २०८० ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App