१६ चैत्र २०८० शुक्रबार
राजनीति

कोशी प्रदेशमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने

फाइल तस्बिर

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले  आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने  निर्णय गरेको छ।  

सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।

बैठकले नयाँ सरकार गठनको पहल थाल्न माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा समिति पनि गठन गर्ने निर्णय गरेको छ। समतिका अन्य सदस्यहरूबारे भने कुनै जानकारी दिइएको छैन।

उप्रेतिले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे बैठकले कुनै निर्णय नगरेको र मंगलबार  पार्टीका अन्य नेताहरूसँगसमेत बैठक बसेर निर्णय गर्ने जानकारी दिए। ‘बैठकले नयाँ सरकार गठनको पहल थाल्न समिति गठन गर्ने निर्णय गरेको छ’ उप्रेतिले भने‘ एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तालिनेबारे पार्टीको प्रदेश कमिटीका नेताहरूसँग मंगलबार बैठक बसेर छलफल गर्ने निर्णय बैठकले गरेको छ।’  

कोशी प्रदेशमा हाल एमाले नेतृत्वको सरकार छ। जसमा मुख्य घटक माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले सरकार छाडेको अवस्थामा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा पर्ने छ। सत्तारुढ गठबन्धनमा आबद्ध रहेको जसपाले प्रदेशसकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।  

प्रकाशित: २२ जेष्ठ २०८० १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App