१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महान्यायाधीवक्ताको कार्यालय असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयले सञ्चार माध्यममा छापिएका समाचारमा सत्यता नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले बुधबार नागरिक दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। नागरिकमा जेठ ९ गते छापिएको ‘आइजिपीसँग चार घण्टा छलफल’ शीर्षकमा महान्यायाधिवक्ता दिनमणि पोखरेल जिल्ला प्रहरी परिसर काठमाडौंमा गएका थिए... भन्ने समाचार छापिएको थियो। ‘त्यस समाचार प्रकाशित भएकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता लोकराज पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार तथ्यमा आधारित नभई भ्रमपूर्ण भएकोले यस्ता समाचार सम्प्रेषण नगरिदिन सम्बन्धित सञ्चार माध्यमसँग महान्यायाधिवक्ताको कार्यालय हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित: ११ जेष्ठ २०८० ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App