१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ: डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दे डा.कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न भएपनि छानविन गरेर कारबाही गर्नुपर्ने बताएका हुन्।

कोइरालाले  नक्कली शरणार्थी प्रकरण राष्ट्रिय मात्रै नभई अन्तरािष्ट्रय मुद्धा भइसकेका कारण छानविन बाट कसैको प्रभावमा पछि हट्ने अवस्थासमेत नभएको स्पाष्ट पारे।

‘यो त नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई अमेरिका पुनर्वासको विषयहो’ उनले भने ‘यो राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय चासोको पनिविषयभएकाले छानविनबाट पछि हट्न अब, संभव छैन।’ कोइरालाले दुई जनातीनजना नेताहरूले छलफल गरेको भन्ने सुनिइरहेको भएपनिउहाँहरूले जे सुकै कुरा गरे पनि यो विषयमाप्रहरी प्रशासनपनि सजिलै व्याक हुन नसक्ने बताए।

कोइरालाले यो विषय ट्याई ट्याँई फिस् होलाभन्ने अनुमानहो भने त्यस्तो पनिहुने अवस्था नरहेको स्पष्ट पारे। ‘तपाईहरूलाई यो विषयट्याई ट्याई फिस होलाभन्ने लागिरहेको भए त्यसो हुन हामी दिंदैनौं’ कोइरालाले भने,‘तपाईहरू(पत्रकारहरू)ले पनिखवरदारी गरिरहनुप¥यो।’  नक्कली शरणार्थी प्रकरण देशको लागि लज्जास्पद विषय भएको कोइरालाको टिप्पणी छ।  

प्रकाशित: २७ वैशाख २०८० ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App