coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्युठानमा २ नगरपालिका सहित ९ स्थानीय तह तयार

प्युठान–प्युठानमा दुई नगरपालिकासहित ९ स्थानीय तह तयार गरिएको छ। राज्य पुर्नः संरचना आयोगले तोकेको मापदण्ड भित्र रही सो संख्या नबढ्ने गरी संरचना बनाइएको हो। आयोगले प्युठान जिल्लाको लागि पुनः ७ देखि ९ स्थानीय तह बनाउन तोकेको थियो। दुई नगरपालिकामा १८ वडा र गाउँपालिकामा ४६ वडा गरी ६४ वडा भएका छन्। सदरमुकाम खलंगामा २ दिन लगाएर प्राविधिक समिति र राजनीतिक दलहरुको संयुक्त बैठकले यस्तो खाका तयार गरेका हुन्।

जसमा गौमुखी, झिमरुक, नौबहिनी, मल्लरानी, सरुमारानी, माण्डवी, ऐरावती गाउँ पालिका, प्यूठान र स्वर्गद्वारी नगरपालिका रहेका छन्। हालको प्युठान नगरपालिकालाई थपघटसहित सुधार गरिएको छ। प्यूठान नगरपालिकामा साबिकको मरन्ठाना गाविसको १ देखि ६ वडा, दाखाक्वाडी र खैरा गाविसको ६, ७, ८ र ९ वडा, विजयनगर, विजुवार, धर्मावती माझकोट, जुम्रिकाँढा र खलङ्गाको वडा नं. ८ समावेश गरिएको छ।

नयाँ प्रस्तावित स्वर्गद्वारी नगरपालिकामा कोचिवाङ, स्वर्गद्वारी खाल, भिंगृ, सारी, वेलवास, बर्जिवाङ र गोठिवाङ रहेका छन्। ७ वटा वडा रहेको गौमुखी गाउँ पालिकामा रजवारा, अर्खा, खुङ, नारिकोट, पुजा र लिवाङ वडा नं. १ देखि ६ सम्म समाहित गरिएको छ। झिमरुक गाउँ पालिकामा ओखरकोट, बाँदिकोट, बाङ्गेमरोठ, तोरवाङ, तुषारा, लिवाङ वडा नं. ७, ८ र ९ रहेका छन्। यो गाउँपालिकामा ८ वटा वडा छन्।

८ वटा वडा रहेको नौबहिनी गाउँ पालिकामा स्याउलिवाङ, खवाङ, लिघा, डामृ, लुङ र फोप्ली गाविस समावेश गरिएको छ। त्यस्तै मल्लरानी गाउँ पालिकामा खैरा वडा नं. १ देखि ५, मरन्ठाना ७, ८ र ९ नं. वडा, चुँजा, धरमपानी, रस्पुरकोटका ६, ७, ८ र ९, खलङ्गाको ८ बाहेक सवै वडा मिसाइएको छ । यसमा जम्मा ६ वटा वडाहरु रहेका छन्।
ऐरावती गाउँ पालिकामा दाङवाङ, पकला, बरौंला, विजुली, रस्पुरकोटको १ देखि ५ नं. वडा र धुवाङको १, २, ३, ४, ५, ६ र ९ वडा रहेका छन्। सरुमारानी गाउँ पालिकामा बाङ्गेशाल, हंसपुर, ढुङ्गेगढी, धुवाङ ७ र ८, तिराम ५ देखि ९ वडा रहेका छन्। ५ वटा वडामा विभाजन गरिएको माण्डवी गाउँपालिकामा तिराम १ देखि ४, मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट रहेका छन्।

९ स्थानीय तह मध्य ४ वटालाई विशेष क्षेत्र तोकिएको छ। पुर्नः संरचना आयोगले तोके अनुसार त्यहाँको विशेषताका आधारमा यस्तो तोकिएको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले जानकारी दिए। माण्डवी, सरुमारानी, नौबहिनी र गौमुखी गाउँ पालिकालाई विशेष क्षेत्र तोकिएको हो।
आयोगले दिएको समय सीमा भित्रै प्युठानमा स्थानीय तह तोक्ने कार्य सम्पन्न भएको जिल्ला प्राविधिक समितिका संयोजक तथा जिल्ला विकास समिति प्युठानका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बद्री लम्सालले बताए।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App