१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्रीसंगै तीन मन्त्रीले लिए सपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार मुख्यमन्त्री यादवसंगै तीन मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

बुधबार प्रदेश प्रमुख मिश्रले जनता समाजवादी पार्टी (जसपा) नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री यादवले नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७ , राप्रपाका १, नागरिक उन्मुक्ति पार्टीका १, र २ स्वतन्त्र सांसद गरी जम्मा ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। तर यादवले ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका दावी पेस गरिसकेपछि उनलाई लोकतान्त्रिक समाजवादी पार्टीले पनि बिश्वासको मत दिने घोषणा गरेको छ। लोसपाको ९ सांसदको समर्थन पाएसँगै मुख्यमन्त्री यादवलाई ७२ सांसदको समर्थन पुगेको छ।

नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका एकरएक सांसदलाई सरकारमा पठाएका छन्। एमालेका सरोज यादव, जसपाका संजय यादव र जनमतका बसन्त कुशवाहा विनाविभागीय मन्त्री बनेका छन्। उनीहरुलाई पनि मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख मिश्रले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।

मुख्यमन्त्री यादव बाराको निर्वाचन क्षेत्र १ को दुईबाट निर्वाचित भएका हुन् भने संजय सर्लाही निर्वाचन क्षेत्र ३ को दुई र एमालेका सरोज महोत्तरी ४ को १ बाट निर्वाचित भएका हुन्। जनमतका कुशवाहा समानुपातिक सांसद हुन्।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले भागवण्डामा असन्तुष्टि जनाउँदै शपथ लिएका छैनन्। यद्यपि माओवादी संसदीय दलका नेता भारतप्रसाद साह शपथ ग्रहण समारोहमा उपस्थित भएका थिए।

प्रकाशित: २९ पुस २०७९ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App