१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको हो।

काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा आईतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिए।

त्यसैगरी बैठकमा पार्टीको संगठन सुदृढिकरण र विस्तारको कामलाई पनि अघि बढाउने विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ। नेता सोनलले भने, ‘हामी हाम्रो संगठन केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तह समेतमा कसरी विस्तार र सुदृढ गर्ने त्यस सम्बन्धमा यो बैठक केन्द्रित हुन्छ। र, समसामयिक राजनीतिकको सन्दर्भमा पनि बैठकमा छलफल हुन्छ। नेपाली काँग्रेस लगायतका जुन पाँच दलीय गठबन्धन थियो। त्यही गठबन्धनमा हामी चुनाव लड्यौं।'

'अव अर्को गठबन्धनमा सरकार बनेको छ। हामीले के गर्ने, कुन दिशा लिने? नेपाली काँग्रेससँग हाम्रो सम्बन्ध के रहने, वर्तमान सरकारसँग हाम्रो सम्बन्ध कसरी रहने लगायतका जो विषय छ। हामीले उठान गरेको माग, मुद्दाको सन्दर्भमा छ। नागरिकता विधेयकको विषय छ। यी सबै समसामयिक राजनीतिक मुद्दा भित्र पर्दछ। ती सबै विषयमा हामी छलफल गर्छौं।’

प्रकाशित: २४ पुस २०७९ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App