२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारी सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै गाउनु हुँदैन: मन्त्री कार्की

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरूलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन्। शुक्रवार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री कार्कीले सरकारी सञ्चार माध्यमहरूले सरकारको स्तुति गान मात्रै गाउनु नहुने बताएका हुन।समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुति गान गाउने माध्यमको रूपमा नलाग्न उनले आग्रह गरे। सरकारी सञ्चार माध्यमहरूलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न मन्त्री कार्कीले आग्रह गरे। पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रूपमा स्थापित गराउन अनुरोध गरे। मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताए। प्रेस स्वतन्त्रताको नाममा विसङ्गतिहरू देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे। 

मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एसियामा नै चिनाउनुपर्ने बताउनु बताए। संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रूपमा उपयोग गर्ने मुलुकको रूपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो। उनले  जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिबद्धता साथ अगाडी बढ्नु आवश्यक रहेको बताए। 

प्रकाशित: १ पुस २०७९ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App