पशुपतिमा बिहानैदेखि भक्तजनको भीड(फोटो/ भिडियाे)
हरितालिका तीजको अवसरमा आज विहानैदेखि पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
हरितालिका तीजको अवसरमा आज विहानैदेखि पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन शनिबार साइक्लिङ भएको छ।
बागमती नदीको सफाइसँगै महाजल यात्रा महोत्सवको आयोजना गरिएको छ । बागमती सफाइको दुई सय २३ औँ हप्ता पुगेसँगै शनिबार बागमती महाजल यात्रा महोत्सवको आयोजना गरिएको हो।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। हेर्नुस् तस्बिरहरु।
आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्। यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ।
एक सातामा काठमाडौँ उपत्यका भित्र विभिन्न स्थानका नागरिक दैनिकका फोटोपत्रकारहरू केशव थोकर, दिनेश गोले, दिपेन्द्र रोक्का, दिपेश श्रेष्ठ, प्रबिन कोइराला र विजय गजमेरले कैद गरेका तस्बिरहरू हामीले पोस्ट गरेका छौँ।
मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण भरतपुर महानगरपालिकाको वडा नं. १९ मा अढाइ महिना नहुँदै आज साउन २० गते दोस्रो पटक मतदान भइरहेको छ।
साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराएका म्यादी प्रहरीको भव्य बिदाई गरिएको छ। चुनाव सम्पन्न गराउने क्रममा झण्डै तीन महिना खटिएका उनीहरुको बिदाईमा जिल्ला प्रहरी कार्यालयले सोमबार बिशेष कार्यक्रम नै राखेको थियो।
नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको २ सय वर्ष पुरानो निसान इलाममा स्थापना गरिएको छ । सुगौलीको सन्धिपछि इलाम भित्र्याइएकाे सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षअघि यहाँबाट काठमाडौं सारिएको थियो ।
आज असार १५ , किसानहरूको निम्ती यो विशेष दिन हो । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा असारलाई लिइन्छ । असार १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिनको महत्त्व झन थपिएको छ । आज देशैभरी १४ औँ धान दिवस मनाइयो ।
स्थानीय तह निर्वाचनकाे दाश्राे चरणकाे मतदान सुरू भइसकेकाे छ । जिल्लाका सबै स्थानीय तहका मतदान केन्द्रमा बिहान ७ बजे मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
केही वर्ष अघिसम्म गुमनाम जस्तै काभ्रेको बल्थली गाउँ अहिले काठमाडौं उपत्यकाको कोलाहलबाट मुक्त भइ फुर्सदको समयमा प्रकृतिसँग रम्न मन पराउनेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ ।
असार महिना किसानहरुको पर्व जस्तै हो। वर्षभरी खाने धान रोपाईको लागि यो महिना देशभरका किसान व्यस्त हुने गर्छन्।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । असार ४ गते उम्मेदवारी मनोनयनसंगै प्रदेश नम्बर १ को मोरङमा चुनावी सरगर्मी तीव्र भएको छ । उम्मेदवारहरु घरदैलो, कोणसभा र चुनावी प्रचारप्रसार तीव्र पारेको छ।
अष्ट्रेलियाको सिड्नीमा हिमाली नेपाली कन्सर्ट आयोजना भएको छ। नेपाली टचले सार्क होटलमा आयोजना गरेको सांगीतिक कार्यक्रममा मन्त्र ब्यान्डले आफ्नो प्रस्तुती दिएको थियो।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि आइतबार मुलुकभर मनोनयन दर्ता चलिरहेको छ । यसैक्रममा खोटाङमा पनि उत्साहपूर्वक मनोनयन दर्ता भइरहेको छ।
जाडो मौसममा धेरैले घाम खोज्दै हिड्छन् भने गर्मीमा घामसँग भाग्छन्। मौसम परिवर्तनले हरेक वर्ष पृथ्वीको औसत तापक्रम बढ्दा गर्मी थप कष्टकर बन्दैछ। राजधानीमा बढेको धुलोधुँवा र प्रदुषणले गर्मी धेरैका लागि मन नपर्ने याम बन्दैछ।
नेपाल पर्यटन बोर्डको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने मासिक फोटोनेपाल आजबाट सुरु भएको छ। फोटोपत्रकार दिपेश श्रेष्ठले खिचेका ३५ तस्बिरहरु प्रदर्शनीमा राखिएका छन्।
दोश्रो चरणको निर्वाचनका लागि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइएको छ। रथजात्रामा राष्ट्रपति भण्डारी सहभागी भएर रातो मच्छिन्द्रनाथको भोटो नजर गरिन्। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ। भोटो देखाएसँगै जात्रा सकिएको छ ।