१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)

हिन्दु धर्मशास्त्रअनुसार आज घरको मूलढोकामाथि कुश सिउरेर कुसे औंसी पर्व मनाइँदै छ। चान्द्रमासअनुसार प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीका दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवस वा बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ।  

यस दिन शास्त्रीय विधिद्वारा ब्राह्मण–पुरोहितहरूले बिहानको नित्यकर्मपछि बगैंचा वा फूलबारीमा गई कुशको पूजा गरी जरैसहित उखेलेर यजमानका घरको मूलढोकामाथि वा दलिनमा सिउरिदिने चलन छ।

कुशे ‍‍औंसीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ। जसकारण आजको दिनलाई गोकर्ण ‍‍औंसीको नाम पनि दिइएको छ। कुशे ‍‍औंसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।

आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ।

प्रकाशित: ११ भाद्र २०७९ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App