९ मंसिर २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

किसान ज्यूँदा सम्पदा

लकडाउन प्रभाव

भक्तपुरका रुकेश ग्वाछा नगरको सास्कृतिक सम्पदा पुर्ननिर्माण तथा जिर्णोद्धार कार्यले गति लिँदा निकै खुसी छिन् । नेपाल मदजुर किसान पार्टीप्रति भरोसा राख्ने उनी स्थानीय निकायले किसानप्रति गरेको वेवास्ताले भने उत्तिकै दुःखी छन् ।  ‘किसान पनि त ज्यूँदा सम्पदा हुन् नि,’ ग्वाछाले भने, ‘उत्पादित तरकारीको उचित व्यवस्थापनमा  ध्यान नपु¥याउँदा किसानले समस्या भोग्नु परेको छ ।’  

बन्दाबन्दीका कारण बारीमा लगाएको बन्दाले बजार नपाउँदा उनी चिन्तीत छन् । चार रोपनीमा बन्दा लगाएको उनले अघिल्लो बर्ष ४५ हजार आम्दानी गरेकामा यस पटक ४५ सय पनि नभएको सुनाए ।  

‘प्रति पोका ‐३० केजी) को ३० रुपैयाँमा बिक्री गर्दा पनि लिने मान्छे आएनन्,’ उनले भने, ‘बारीमा बन्दा सबै कुहिएर नासिए ।’  

धान खेतको तयारी गर्दे गरेका उनले बन्दा यत्तिकै लैजाने मान्छे समेत खेतमा नआएको सुनाए । ‘उपत्यकाको कतिपय ठाउँमा बन्दाको माग होला,’ उनले भने, ‘तर किसानले त्यसबारे पत्तो पाउन सकेनन् ।’  

उनको मात्र हैन, बन्दाबन्दीका कारण नगरका थुप्रै किसानले निकै घाटा व्यहोर्नु प¥यो । नगरमा कृषि संकलन केन्द्र तथा चिस्यान केन्द्रको राम्रो व्यवस्था भएको भए किसानले उत्पादित गरेको तरकारी नासिएर नजाने उनीहरूले सुनाए । 

‘बन्दा मात्र हैन, बारीमा गाजर पनि कुहिएर गएका छन्,’ अर्का किसान कृष्ण प्रजापतिले भने, ‘किसानको बाहुल्य भएको जिल्लामा किसानको हितमा काम हुन नसक्दा दुःख लागेको छ ।’  

समस्या भक्तपुरमा मात्र हैन, सिंगो नेपालमा उस्तै छ । कृषिप्रधान देश भनेर चिनिने मुलुकमा एकातिर किसानको उत्पादन खाल्डोमा हाल्नु पर्ने अवस्था भने अर्को तिर अरबौं रुपयाँको तरकारी भारतबाट आयात गर्नु पर्ने विडम्बना छ ।  ‘किसानको तरकारी उचित व्यवस्थापन गर्ने हो भने सम्पदा जस्तै किसानका शीर पनि ठाडा हुन्थे,’ ग्वाछाले आशा गरे, ‘आगामी दिनमा किसानले यस्तो पिडा भोग्नु पर्नेछैन ।’  

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App