उक्त समूहले सुरुमा मोटरसाइकल रोकेको र झोला खानतलासी गर्न खोज्दा प्रहरीलाई उजुरी गरिदिने भनेपछि मोटरसाइलकमा सवार दुई जनालाई कुटपिट गर्नुका साथै मोटरसाइकलमा आगो लगाइएको थियो। घाइते दुवैजनालाई लमहीमा उपचार गरी राति नै सार्वजनिक यातायातमार्फत बुटवल पठाइएको प्रहरीले जनाएको छ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गरेको बन्दका समयमा भएको आगजनीको घटनालाई प्रहरीले बन्दको नाममा फाइदा लुट्ने नियत भएको हुनसक्ने आशंका गरेको छ। अहिलेसम्म घटनाको जिम्मा कसैले पनि नलिएको र घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ।
प्रकाशित: ३२ श्रावण २०७२ २१:१० सोमबार





