२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

राजेन्द्र भेट्रान च्याम्पियन

काठमाडौं- राजेन्द्र श्रेष्ठले खुला भेट्रान्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष ४० वर्षमाथि सिंगलमा शनिबार स्वर्ण जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजेन्द्रले सुमन शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरे।

नेपाल भेट्रान टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० वर्षमाथि जापानका सिजुबो पहिलो भए। उनले फाइनलमा मनोहरि थापालाई ३–२ सेटले हराए। ५५ वर्षमाथि सिंगलको फाइनलमा उदयमोहन श्रेष्ठले पुण्य पौडेललाई ३–० सेटले पन्छाउँदै स्वर्ण जिते।

महिला सिंगल खुलामा जापानकी सिमिजु अकिकोले इन्दिरा पौडेल पराजुलीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पहिलो भए।

पुरुष डबल्स खुलामा निकेशकुमार जोशी र राजेन्द्र वज्राचार्यको जोडीले उदयमोहन श्रेष्ठ र सिजुबोलाई ३–० ले फाइनलमा हराए।

मिक्स खुलामा छुतोमो र सिमिजुको जोडी च्याम्पियन बने। उक्त जोडीले इन्दिरा चित्रकार र कृष्ण महर्जनको जोडीलाई ३–० को सोझो सेटमा निराश पारे।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ८० प्रतिस्पर्धीले ६ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाएका छन्।

प्रकाशित: ४ पुस २०७२ २२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App