१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

झापाकाे चर्च विष्फोटमा संलग्न तीन पक्राउ

झापा–संविधान सभा मार्फत धर्म निरपेक्ष घोषणा भएको आवेशमा अतिवादी समुहले झापाका चर्चहरुमा बम विष्फोट गराएको खुलेको छ ।

jhapa.jpg

                                                                         अभियुक्त

 

झापा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी'धर्मयुद्ध'को आवरणमा झापाको ज्योती मण्डली चर्च, गौरादहको ब्याप्तिस चर्च र खजुरगाछि लगायतकामा सकेट बम पड्काएको खुलाएको हो ।
unnamed 22222

                                                                                      अभियुक्त
वरेलहेरोही चर्चमा राखेको वम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । घटनास्थलमा फेला परेको हिन्दु मोर्चा नेपालको नामको पर्चा र उनीहरुले घटनाको जिम्मेवारी लिन प्रयोग गरेको फेसबुक अकाउन्टको आधारमा अनुसन्धान गर्दै झापा प्रहरीले राम भन्डारी, कृष्ण चुडाल र रामचन्द्र बानियालाई पक्राउ गरेको छ ।

पक्राउ र अनुसन्धानपछी प्रहरीले मोर्चाका केन्द्रीय संयोजक माधव भण्डारी, सैन्य कमान्डर राम भण्डारी,सहयोगी कृष्ण चुडाल, रामचन्द्र वानिया, प्रदिप थापा, सुमन कार्की र आनन्द गिरीको संलग्नतामा सो घटना भएको खुलेको जानकारी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी भिम दाहालका अनुसार संविधानमा नेपाललाई पुन हिन्दु राष्ट्र दवाव दिन नेपाल शिव सेना, नेपाल डिफेन्स आर्मी, हिन्दु सेना नेपाल, श्रीराम सन्त समाज, हिन्दु वाहिनि नेपाल र रणविर सेना मिलेर माधव भण्डारीले हिन्दु मोर्चा नेपाल गठन गरेर 'धर्म युद्द'को नाममा विष्फोटको योजना बनाएका थिए ।
unnamed 1222

                                                                                       अभियुक्त
झापाका चर्चलाई लक्षित गर्दै उनीहरु २ महिनादेखी पथरी वजारको थ्री स्टार होटलमा बसेका थिए । साउन ३० मा उनीहरुले झापाको विर्तामोडमा २५ हिन्दुवादी सस्थाको आयोजनामा राष्ट्रिय हिन्दु संरक्षण महाअभियान आयोजना गरी विष्फोटनको सम्वन्धमा छलफल गरेका थिए । अनुसन्धान अधिकारीका अनुसार विष्फोटको ३ हप्ता अगाडि मोर्चाका सैन्य कमाण्डरको हैसियतमा रहेका राम भण्डारी र प्रदिप थापाले भारतको फारविसगंजमा गएर बम बनाउन ६ किलो विष्फोटक पदार्थ ल्याएका थिए ।

सोही विष्फोटक पदार्थको प्रयोग गरेर भदौं २८ मा उनीहरुले विर्तामोडको होटल भिलेजिओको कोठा नम्बर ७ मा बसेर राम भण्डारीले ५ वटा सकेट बम बनाएका थिए । सोही दिन संविधान सभामा धर्म निरपेक्ष राष्ट्र हुने प्रस्ताव बहुमतबाट पारित भएपछी उनीहरुले बेलुका चर्चहरुमा विष्फोट गराउने योजना बनाएर राम भण्डारी र प्रदिप थापा जिम्मेवारी दिएको खुलेको डिएसपी दाहालले जानकारी दिए ।

अनुसन्धानको प्रारम्भिक प्रतिवेदन अनुसार ब्याप्तिस चर्चमा माधव भण्डारी र आनन्द गिरी, दमक ज्योती मण्डली चर्चमा राम भण्डारी र प्रदिप थापा, खजुरगाछीको चर्च र गौरादह ४ को बरेलहेरोही चर्चमा सुमन कार्कीले बम विष्फोटन गराई हिन्दु मोर्चा नेपालको पर्चा छरेका थिए ।

प्रकाशित: ५ आश्विन २०७२ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App