१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

२ लाख नगद रुपैयाँसहित जुवातास खेल्नेहरु पक्राउ

काठमाडौं– काठमाडौं बौद्ध धाराटोलस्थित आङगिल्डी शेर्पाको घरमा कोठा भाडामा लिई बस्ने ३० वर्षीय बुङमा लामाको कोठामा जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।


उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सुराकीको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धको प्रहरीले काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय दारचिङ्ग लामासहित १४ जनालाई जुवातास खेल्न प्रयोग गरेको २ लाख ५ हजार ७ सय रुपैयाँ नगद, १ हजार भारतीय रुपैयाँ, ४८ थान कौडा, २४ थान प्लाष्टिकको हरियो सिक्का, १९ थान पहेंलो सिक्का, ९ थान निलो सिक्का, ९ थान हरियो सिक्कासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७२ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App