१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बोल्टलाई स्वर्ण पदक

बेइजिङ- स्वच्छ खेलकुद र डोपिङबीचको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको खेलमा उसेन बोल्टले चिर प्रतिद्वन्द्वी जस्टिन ग्याट्लिनलाई ०.०१ सेकेन्डले पछि पार्दै आइतबार विश्व एथलेटिक्स च्याम्पियनसिपको १ सय मिटर दौडमा उपाधि रक्षा गरेका छन्।

दुई पटक डोपिङ परिक्षणमा असफल भएर प्रतिवन्ध भोगिसकेका ग्याट्लिनविरुद्धको प्रतिस्पर्धामा ओलम्पिकमा दुई स्वर्ण पदक जितेका बोल्टले सिजनकै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने क्रममा ९.७९ सेकेन्डमा निर्धारित दुरी पार गरे। ग्याट्लिनले रजत पदकमा चित्त बुझाउँदा उनकै देश अमेरिकाका ट्रेभोन ब्रोमेल र क्यानाडाका आन्द्रे डी ग्रासेले ९.९२ सेकेन्डको समान टाइमिङका साथ कांस्य पदक हात पारे।

'उपाधि जित्न सके पनि आजको प्रदर्शन अझै उत्कृष्ट थिएन। मैले अझै राम्रो गर्न सक्नुपर्थ्यो,' जमैकाका सुपरस्टार धावक बोल्टले भने, 'तथापि म यहाँबाट आनन्दका साथ घर फर्कदैछु। घर जादा मसँग कुनै तनाव हुनेछैन। मेरो लक्ष्य नम्बर एक हुनु हो।संन्यास नलिएसम्म म आफैलाई हौसला दिइरहेको हुन्छु।'

प्रकाशित: ६ भाद्र २०७२ २१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App