१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

सस्तो संस्करणमा 'लू'

काठमाडौं- लेखक नयनराज पाण्डेको उपन्यास 'लू' सस्तो संस्करणमा आएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १९ औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीलाई लक्षित गरेर उपन्यासको नयाँ संस्करण बजारमा ल्याइएको हो।

'यो उपन्यास राष्ट्रिय समस्या र सरोकारका विषयमा लेखिएको हो। त्यसैले धेरै पाठकसम्म पुगोस् भन्ने उद्देश्यले सस्तो संस्करण ल्याइएको हो। यसमा केही सम्पादन, परिमार्जन भएका छन्,' लेखक पाण्डेले भने।

भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावललाई 'लू'ले उधिन्ने प्रयास गरेको छ।

फाइनप्रिन्टका अजित बरालले भने, 'राम्रा पुराना आख्यानहरुलाई बहुसंख्यक पाठकमाझ पुर्याुउने उद्देश्यका साथ ती आख्यानलाई मोडर्न क्लासिक्स अन्तर्गत प्रकाशनमा ल्याउने योजना अनुरुप हामीले पहिला 'उलार' र अहिले 'लू' प्रकाशन गरका हौं। हामीलाई आशा छ, 'उलार' झैं 'लू' पनि अब फराकिला पाठकमाझ पुग्ने छ।'

२२६ पृष्ठको 'लू'को सस्तो संस्करणको मूल्य २६० रुपैयाँ तोकिएको छ। तर पुस्तक प्रदर्शनी अवधिभर २०० रुपैयाँमा किन्न पाइनेछ।

प्रकाशित: ३ भाद्र २०७२ २०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App