६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

पेस्तोल सहित युवती पक्राउ

गोलबजार—प्रहरीले गएराति सिरहा नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन्।

 

विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ३ असार २०७२ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App