२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कैलाली-१ बाट द्वारिका न्यौपानेको उम्मेदवारी

कैलाली क्षेत्र नं १ मा नेकपा एमालेबाट द्वारिका न्यौपानेले उम्मेदवारी दिएका छन् । एमालले जेन–जी आन्दोलनपछि  कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएपछि आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  

युवा नेता न्यौपाने यसअघि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।  

युवामाझ लोकप्रिय न्यौपाने कैलालीको विकास निर्माणमा केन्द्रीय तहबाट सहयोग गर्दै आएका छन् । उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ भन्दै अभियान सुरु गरेका न्यौपानेको उम्मेदवारी दर्तालाई सकारात्मक रुपमा लिइएको छ ।

 

प्रकाशित: ६ माघ २०८२ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App