फागुन २१ को प्रतिनिभिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म निर्वाचन कार्यालयमा प्रवेश गरेका उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न छुट दिइनेछ।
आयोगले ५ बजेपछि नयाँ उम्मेदवारलाई कार्यालयमा प्रवेश गर्न र दर्ता प्रक्रियामा सहभागी नदिने जनाएको छ । तर तोकिएको समयभित्र कार्यालयमा प्रवेश गरिसकेका उम्मेदवारहरूको हकमा भने उम्मेदवारी दर्ता प्रक्रिया नरोक्ने आयोगको भनाइ छ।
निर्वाचन आयोगले समयपालनालाई कडाइका साथ लागू गरिएको जनाएको छ भने निर्धारित मापदण्डअनुसार दर्ता प्रक्रिया सम्पन्न गरिने बताएको छ। देशैभर दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण आजै रातिसम्ममा सार्वजनिक गर्ने तयारी आयोगको छ ।
प्रकाशित: ६ माघ २०८२ १७:०७ मंगलबार





